नेकपा एमालेको पार्टी कार्यालय अब थापाथलीमा

maitrinews

 

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा आउँदो वैशाख १ गतेदेखि एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।

उक्त भवनको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरी आवश्यक जानकारी लिनुभएको छ ।

एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारिएको थियो ।