सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक ह्याक–ह्याकरवाट पैसाको माग

काठमाडौं। नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता सरोज खनाल र चर्चित हांस्य अभिनेत्री दीपाश्री निरौलाको फेसबुक ह्याक भएको छ। बिहीबार दिउँसो उनीहरूको फेसबुक ह्याक भएको कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत खुलासा गरेको हो।

पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले भनेकी छन्। अभिनेत्री निरौलाका अनुसार, अभिनेता सरोज खनालको फेसबुकबाट एउटा कोड पठाउन अनुरोध भएपछि अभिनेत्री निरौलाले कोड पठाएकी थिइन्। त्यसलगत्तै फेसबुक ह्याक भएको अभिनेत्री निरौलाको भनाइ छ।

ह्याक भएको फेसबुकमार्फत पैसाको माग भइरहेको निरौलाले बताएकी छन्। कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको उल्लेख गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *