हर्षोल्लासपूर्वक फागु पर्व मनाइँदै

 

काठमाडौं । आज रङहरुको पर्व फागु मनाइँदैछ । फाल्गुण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा फागु पर्व मनाइँदैछ । भोलि तराईमा होली पर्व मनाइन्छ ।

फागु पर्व अर्थात होली परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो वर्ष पनि यही चेत ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई राति टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ ।

यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *