काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संघीय संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल भएको जानकारी दिनुभयो । बालुवाटारमा भएको भेटमा मुख्यगरी संसदलाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधि र संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकबारे छलफल भयो ।
भेटका क्रममा सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी दिनुभयो । । सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ । ।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच लामो समययता एक्लाएक्लै भेट भएको थिएन ।