रेशम चौधरीका विषयमा वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 

काठमाडौँ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिको विभिन्न १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने जानकारी दिनुभयो ।

उक्त वार्ता टोलीको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहनुभएको छ ।
थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ ।