तीन विपक्षी दलको बैठक बस्दै

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा आज तीन दलको संयुक्त बैठक बस्दै छ।

संसदमा रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आज अपराह्न ३ बजे बैठक बस्न लागेको हो ।

देउवाकै निवास बूढानीलकण्ठमा बस्ने तीन दलको संयुक्त बैठकले समसामायिक विषयमा छलफल गर्नेछ । सत्ता समीकरणको विषयमा छलफल भए पनि सहमतिको सम्भवना भने कम छ ।