धरहरा उद्घाटन बैशाख ११ मा

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ११ गते धरहराको उद्घाटन गर्नुहुने भएको छ । नवनिर्मित धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै गजुर पनि राखिने छ ।

२०७२ वैशाख १२ गते भूकम्पले धरहरा ढलेको थियो । निर्माण भइरहेको नयाँ धरहरा २०७८ वैशाख ११ गते उद्घाटन गरिन लागिएको हो । अहिले रङ्ग लगाउने र बत्ती जडान गर्ने कार्य भइरहेको छ । धरहराको पार्किङ र बगैँचा तर्फको काम बाँकी नै छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । नयाँ निर्मित धरहरा बाहिरबाट जमिनमुिन दुई तला र बाहिर २३ गरी २५ तलाको हुनेछ ।