नेपाली गीति एल्बम विमोचित —न्युयोर्कबाट सन्तलाल रिसाल

maitrinews

 

न्युयोर्क । विगत १८ वर्षदेखि न्युयोर्कमा बसोबास गरी नेपाली कला र संस्कृतिको उत्थानको कार्यमा सक्रिय रहँदै आउनुभएका बरिष्ठ गायक आङ्गेलु शेर्पाले आफ्नो नयाँ गीति एल्वम सार्वजनिक गर्नुभएको छ ।
उहाँको जन्मदिनको अवसर पारेर यही अप्रिल १४ मा एक विशेष कार्यक्रम आयोजना गरी गीति एल्वम सार्वजनिक गरिएको हो ।
त्यस अवसरमा गायक शेर्पाले गायिका मीना राईसँग गाउनुभएको पूर्वेली भाकाको ‘के साह्रो राम्री चोलीमा’ गीतको भिडियो पनि विमोचन गरिएको थियो । वरिष्ठ गायिक सपना श्री र याङ्गजी शेपाले संयुक्त रुपमा सो गीतको भिडियो विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै गायक शेर्पाले गीति एल्वमबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बरिष्ठ गायिका सपना श्री, संगीता थापा मगर ,निशा सुनार, रेशमा सुनुवार,अभय ढुंगेल, जगदीश समाल, गीता राई विमल डाँगी, विष्णु रानामगर, बरिष्ठ पत्रकार दिवाकर वाघचन्दलगायत उपस्थित महानुभावहरुले बरिष्ठ गायक शेर्पालाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन विजय ठुलुगले गर्नुभएको थियो ।