बादल फेरि गृहमन्त्री

maitrinews

 

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।

आज राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उहाँ गृहमन्त्रीबाट पद पदमुक्त हुनुभएको थियो। लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गर्नुभएको छ ।

बादलको आज बेलुकी ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लाग्नुभएको हो ।