सभामुखको मुद्दा हेर्न नभ्याइने सूचीमा

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्च‍ अदालतको मुद्दा हेर्न नभ्याइनेमा सूचीमा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको सभामुखविरुद्धको मुद्द‍ा हेर्न नभ्याइने सूचीमा परेको हो।

सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको थियो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वर खतिवडा हुनुहुन्छ ।

सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *