एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै
१२ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थायी कमिटीको वैठक लगत्तै महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।
वैठक विहान १०ः३० बजे देखि बालुवाटारमा बसीरहको छ । ओलीले एमालेमा समानान्तर कमिटी बनाईरहेका माधव नेपाल र झलनाथ खनाल पक्ष विनै हालै गठन गरिएको स्थायी कमिटीको वैठकको आयोजना गरेको हो । उक्त कमिटीमा १९ जना सदस्य रहेका छन् । आकस्मीक रुपमा बोलार्ईएको महाधिवेशन आयोजक कमिटीको वैठकलाई राजनैतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । आजको वैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमा माथिको कारबाहीबारे आजको बैठकमा छलफल हुने अनुमान गरिएको छ ।
