चार मन्त्री सर्वोच्चमा, जसपाको एकता टुट्दै

maitrinews

 

लुम्बिनी । लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी जसपाबाट सांसद बनेका ४ सदस्यलाई कारबाहीको पत्र पाएलगत्तै पदमुक्त गराएको प्रदेशसभाले आज आफ्नो वेबसाइटबाट नाम हटाएको छ । पार्टीबाट कारवाहीको पत्र आएपछि लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटबाट उनीहरुको नाम हटाइएको हो । नाम हटाएका मन्त्रीहरु भने पार्टी र प्रदेश सभाले आफुहरुलाई अन्याय गरेको भन्दै चार जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उपेन्द्र यादव र बाबुराम भट्राई पक्षले गरेको यो कारबाहीलाई महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मान्यता दिएको छैन । दुवै पक्ष आआफ्नो अडानमा रहेकाले पार्टी फुटको संघारमा पुगेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीले कारवाही गरी प्रदेशसभाबाट हटाएपछि कानूनी उपचार खोज्न लागी सर्वोच्च अदालत गएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लुम्बिनी प्रदेशमा जसपका ६ जना प्रदेशसभा सदस्यमध्ये ४ जना सरकारमा गएका थिए भने दुई जना सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा रहेका छन् ।