गर्भवती बनेपछि प्रियंका कार्की अझ बढी हिट

Smrit

काठमाडौं। गर्भवती भएपछि सवैभन्दा बढी काम नायिका प्रियंका काकीले नै पाएकी छन्। नायिका कार्की गर्भवती भएको सात महिना पछि फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा निक्कै नै व्यस्त बनेकी हुन्।

अझ गर्भवती हुनुको गौरबता सहित युट्युब च्यानलमा पनि अन्तरवार्ता दिएर नौलो आयाम थपेकी छन्। एक बर्षअघि मोडल तथा नायक आयुष्मान देशराज जोशीसंग विवाह गरेकी प्रियंकाले सही समयमा आमा बनेको बताएकी छन्।

कोरोना कहरका कारण विगत एक बर्षदेखि फिल्मलाइन ठप्प नै भएको अवस्थामा योजनावद्ध रुपमा आमा बन्ने चाहना अनुरुप आमा बनेको भनेकी नायिका कार्कीका गर्भवती फोटा तथा कुराहरुवाट नै उनी निक्कै चर्चामा रहेकी छन्।