जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान नहुने
काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको हो ।
यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सो प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।