नेप्से सूचक ६ अंकले घटेर २८१६ बिन्दुमा झर्यो

काठमाडौं। सेयर बजारमा पछिल्ला केही दिनयता लगातार १० अर्ब रुपैयाँभन्दा माथिको सेयर कारोबार भइरहेको छ।
मंगलबार नेप्से सूचक ६ अंकले घटेर २८१६ बिन्दुमा झरेको छ। २१६ कम्पनीको २ करोड ३५ लाख कित्ता सेयर एक लाख १२ हजार पटक किनबेच भएका छन्। बजार ६ अंकले घटेपनि वरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

अधिकांश उपसमूहको सूचक रातो भए पनि जीवन बीमा समूहको सूचक सर्वाधिक ४३१ अंकले बढेको छ। निर्जीवन बीमा समूह २५३ अंक र जलविद्युत समूह ६४ अंकले बढेको छ। सर्वाधिक घट्नेमा भने विकास बैंक ५३ अंक र अन्य समूह २९ अंकले घटेको छ।

मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले घट्दा, मितेरी विकास बैंक, नेपाल फाइनान्स, सेन्चुरी कमर्सियल बैंक र शाइन रेसुंगा विकास बैंकको सेयर मूल्य २र२ प्रतिशतले घटेको छ।

अरुण काबेली पावरको सर्वाधिक करिब ३४ करोड रुपैयाँको सेयर किनबेच हुँदा एसियन लाइफको ३३ करोड, एचआइडीसीएलको ३० करोड, सुर्या लाइफको २९ करोड र नेशनल लाइफको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *