प्रधानन्यायाधीश राणाको इजलासले पठायो संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

maitrinews

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा भएको छ । सबै रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाको एकल इजलासमा पेशी तोकिएको हो ।
बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’प्रधानन्यायाधीश राणाको एकल इजलासले संविधानको धारा ७५ मा केही अस्पष्टता रहेको र गम्भीर संवैधानिक व्याख्याको आवश्यकता औंल्याउँदै रिटहरुलाई संवैधानिक इजलासमा पठाउनु भएको हो ।
संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।