एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग माग्यो स्पष्टीकरण

maitrinews

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
आज प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरू प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरूलाई निर्देशन दिएको थियो ।