आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ ।

मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको हो ।