लोकप्रिय बजेटको विरोधमा विपक्षी गठबन्धनले भन्यो सरकारको अलोकतान्त्रिक काम

maitrinews

काठमाडौं । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकाल्दै साझा धारणा सार्वजनिक गरेको हो । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो ।
बैठक पछि निर्णय सुनाउँदै विपक्षी गठबन्धनले सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाएको छ र त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’ उनीहरुले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

सो सम्बन्धमा प्रतिक्रिया माग्दा नेकपा(एमाले)का एक केन्द्रीय नेताले भने सरकारले ल्याएको लोकप्रिय बजेटको सर्वत्र वाहवाही भएको देखेर विपक्षी गठबन्धका नेताहरु विचल्लीत भएका छन्, अटालिएका छन् त्यसैले त्यो उनीहरुको हतास मानसिकता हो । जनताले राम्रोकामको संधै उचित मुल्याकंन गर्ने भएकोले आगामी निर्वाचनमा पनि एमालेको यी लोकप्रिय कामहरुको राम्रो मुल्याकंन गरिने छ र विपक्षी दलको विचलित अलोकतान्त्रिक टिप्पणीलाई उचित दण्ड दिनेनै छ ।