आज साँझ ५ बजे नेकपा(एमाले)को स्थायी कमिटीको बैठक बस्दै

 

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्षक केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि स्थायी कमिटी बैठक बोलाउनुभएको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ। स्रोतका अनुसार सरकारले शनिबार ल्याएको बजेट लगायत समसामयिक विषयमा आजको बैठकमा छलफल हुनेछ । माधव गुटका १२ जना सांसद्लाई सोधिएको स्पष्टिकरणबारे पनि आजको बैठकले निर्णय गर्न सक्ने छ।