सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

maitrinews

 

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उहाँले विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको हो

५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए । उहाँलाई बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल(नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनुभयो । मतदानमा ५१ जना सांसद नै उपस्थित रहेका थिए ।

मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमालेको खनाल नेपाल पक्षले समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।