मनाङमा बाढीले घर र पुल बगायो
मनाङ । मनाङमा बाढीले केही घर र पुल बगाएको छ । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेका अनुसार बाढीका कारण केही पुल र घर बगाएका छन्। केही बस्ती डुबानमा परेका छन्।
प्रारम्भिक जानकारीअनुसार तिमाङ भन्ने स्थानका दुवै पुल, चामेका तीनवटै पुल तथा चामेमा एउटा घर बगाएको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताउनुभयो ।
ताल भन्ने स्थानको बस्ती डुबानमा परेको छ। सोमबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण मनाङमा बाढीको जोखिम बढेको हो ।