कोरोनाबाट ५२ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।
