कोरोनाबाट ८१ जनाको मृत्यु, २४ सय संक्रमित

 

काठमाडौँ । नेपालमा थप २,४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ८१ जनाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घण्टामा थप ५२ जना सङ्क्रमितको मृत्यु भएको र विभिन्न मितिमा मृत्यु हुनेको सङ्ख्या २९ रहेको बुधवार अपराह्ण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मन्त्रालयका अनुसार वित २४ घण्टामा १२,४१४ जनाको पीसीआर र एन्टिजन परीक्षण गरिएको थियो।

सो अवधिमा ३,५५८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ५६ हजारभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ८,८९४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *