२९ सयमा कोरोना, २८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप २,९७९ जनामा कोरोनाभाइरस सङ्क्रमण र २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार बताएको छ।
पछिल्लो २४ घण्टामा ११,८९८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ५,०८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।
कुल परीक्षणको २६।५ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए।
सो अवधिमा १,३३३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९१ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,२९१ पुगेको छ।