महत्त्वपूर्ण अफगानिस्तान इरान सीमानाका तालिबानको नियन्त्रणमा
काबुल । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्।
इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्।
अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको छ।
अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमानाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् ।
तालिबान फौजले सीमा भन्सार कार्यालयबाट अफगान झन्डा निकालेका छन् ।
इस्लाम काला नामक उक्त नाका इरानसँगको सबभन्दा ठूलोमध्येको व्यापारिक नाका हो।
त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो।
गत महिना तालिबानले अफगानिस्तानको अर्को छिमेकी ताजिकिस्तानसँगको मुख्य सीमानाका कब्जा गरेका थिए।