विपक्षी गठबन्धनविरुद्ध सत्तारुढका युवा सडक प्रदर्शनमा

maitrinews

 

काठमाडौं । नेकपा एमालेनिकटको नेपाल खेलकुद महासंघ नेकोसले विपक्षी गठबन्धनविरुद्ध राजधानी काठमाडौंमा सडक प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्थाविरोधी कदम बन्द गरौं’, राष्ट्रिय एकता जिन्दावादलगायतका नारा लेखिएको ब्यानर र प्लेकाड बोकेका थिए । त्रिपुरेश्वरस्थित रंगशालाबाट शुरू भएको र्‍यालीमा सहभागी प्रदर्शनकारीले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए ।