राजमोले विश्वासको मत दिने

 

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

तर सरकारमा भने सहभागी नहुने निर्णय भएको पार्टीकी उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले जानकारी दिइन्।

प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद छिन्। ५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो। पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *