फेरि सफल भयो कलेजो प्रत्यारोपण

maitrinews

 

चितवन । चितवनको चितवन मेडिकल कलेजमा सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार १८ गते जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा कलेजो प्रत्यारोपण गरेको हो । कुशे गाउँपालिका वडा नं। ९ जाजरकोटका शाहीलाई उहाँकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दिनुभएको थियो ।

कलेजले आज भरतपुरमा पत्रकार सम्मेलन गरी कलेजो दान दिने कमलादेवी शाही असार २७ गते हिजो नै डिस्चार्ज भएको र कलेजो लिने भरतविक्रमको स्वास्थ्य अवस्थामा सुधार भैरहेकाले अर्को साता उहाँलाई समेत डिस्चार्ज गरिने जनाएको छ ।