कोरानाको अर्को खतरनाक भेरिएन्ट भेटियो

 

काठमाडौँ । कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ देखापरेपछि वैज्ञानिक चिन्तामा परेका छन्।

पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन्।

यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ।

यो भेरिएन्ट छिमेकी मुलुक भारतमा देखापरिसकेको त छैन तर जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। त्यहाँका नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा। विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन ९म्युटेसन० भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ। यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’

यसअघि कोरोनाका धेरैथरी भेरिएन्ट फेला परिसकेका छन्। यो पछिल्लो भेरिएन्ट भएको वैज्ञानिकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *