संसारकै सबैभन्दा सानी शिशुु

 

जन्म हुँदा संसारकै सबैभन्दा सानी एक शिशुलाई सिङ्गापुरमा १३ महिना सघन उपचार गरेर अस्पतालबाट घर पठाइएको छ।

जन्मिँदा क्वेक यु सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर थियो। उनी २५ साता पनि नपुगी जन्मिएकी थिइन्।
गर्भवती हुँदा यु सुआनककी आमाको रक्तचाप एकदमै बढेर ूप्रिइक्ल्याप्सीआ नामक समस्या उत्पन्न भएको थियो।
त्यस्तो अवस्थामा महत्त्वपूर्ण अङ्गमा क्षति पुग्न सक्ने तथा आमा र बच्चा दुवैको ज्यान जान सक्ने हुन सक्थ्यो। त्यसैले शल्यक्रिया गरेर उनलाई गर्भबाट बाहिर निकालिएको थियो।
यु सुआनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ।

सिङ्गापुरको नेसनल युनिभर्सिटी हस्पिटलका अनुसार जन्मिएको बेला ती बालिका जीवित रहने सम्भावना सीमित रहेको जनाएको छ।
अस्पतालमा हुँदा यु सुआनलाई विभिन्न किसिमका उपचार गरियो। उनको जीवन रक्षार्थ विभिन्न किसिमका उपकरणहरू प्रयोग भएका थिए।
यु सुआानको उपचारका लागि क्राउडफन्डिङबाट दुई लाख ६६ हजार ८८४ सिङ्गापुर डलर सङ्कलन गरिएको थियो।
त्यसैबाट उनका आमाबुवाले अस्पतालको लामो बसाइ र उपचार खर्च तिरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *