एमालेको स्थायी कमिटीव्दारा विधान संशोधन प्रस्ताव पारित

 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको एमाले स्थायी कमिटीले चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

आउँदो भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी कमिटीको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको उपाध्यक्ष वामदेव गौतमले बैठकपछि संचारकर्मीहरुलाई जानकारी दिए । बैठकले सो प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पठाउने निर्णय गरेको उनले बताए ।

यसअघिको प्रस्तावमा केही विषयहरु थपघट गरेर विधान संशोधन प्रस्ताव पारित गरिएको हो ।