विशेष महाधिवेशन नगरे काँग्रेस संकटमा

 

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले विशेष महाधिवेशन गरेर संवैधानिक संकटबाट जोगाउनु पर्ने निष्कर्ष निकालेको छ।

ठमेलको होटल यात्रीमा सोमबार र मंगलबार बसेको पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेलाले पार्टीको संवैधानिक संकट टार्न विशेष महाधिवेशनमा जान नेतृत्वलाई सुझाव दिएको नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताए।
बम

‘१३औँ महाधिवेशनका क्रियाशील सदस्य अनुसार विशेष महाधिवेशनमा गएर संवैधानिक संकटबाट पार्टीलाई जोगाउनु पर्छ भन्ने हाम्रो निष्कर्ष हो’ केसीले भने, ‘यसरी विशेष महाधिवेशन गर्दा ६ महिना देखि एक वर्षका लागि गर्नुपर्छ।’
बम

छलफलमा अधिकांश सभापतिले विशेष महाधिवेशन गरेर संवैधानिक संकटबाट जोगाउनु पर्ने धारणा राखेका थिए।

ताप्लेजुङका जिल्ला सभापति लीला बोखिमका अनुसार अब निर्धारित समयभित्र नियमित अधिवेशन गर्न नसकिने जिल्ला सभापतिरूले ठहर गरेका छन्।

जिल्ला सभापतिको भेलामा पौडेल समूहका शीर्ष नेताहरु उपस्थित छन्। अहिले वरिष्ठ नेता पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, बलबहादुर केसी, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला गुरुङ, जीवन परियारलगायत उपस्थित छन्।

यस्तै भेलामा महामन्त्री डा। शशांक कोइराला, डा। मिनेन्द्र रिजाल, गगन थापा पनि पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *