जयसिंहको अवस्था जानकारी गराउन रुलिङ

maitrinews

 

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् ।

उनले आफ्नो पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसबारे प्रतिधिसभालाई जानकारी गराउन रुलिङ गरेका हुन् । ‘बेपत्ता भएका जयसिंह धामीको अवस्था के कसो छ । यसमा मेरो पनि ध्यानाकर्षण भएको छ । सत्यतथ्य पत्ता लगाएर चाँडो प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइन काटिदिएपछि धामी बेपत्ता छन् ।