मान्छेको जस्तै दाँत भएको माछा

 

अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ। सो माछा सिप्सहेड जातको हो। आफ्नो सिकार चबाउन यो जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्। माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा यो माछालाई सिप्सहेड नामकरण गरिएको हो। जेनेट्स पिएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।
ूमुखभरि दाँत भएको माछा देखेपछि आफूलाई पनि सिप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए।
उनले उक्त माछा समात्न पाएकोमा प्रसन्नता व्यक्त गरे। उनले यो जातको माछा निकै स्वादिलो हुने जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *