वृद्धवृद्धा र अपाङ्गता भएकालाई घरमै कोरोना खोप दिन सर्वोच्चको आदेश

maitrinews

 

काठमाडौँ । सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका नागरिकलाई उनीहरुको घरमै कोरोनाविरुद्धको खोप लगाइदिन सरकारका नाममा आदेश जारी गरेको छ।

अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, अक्त, अपांगता भएका, दृष्टिविहीन र दीर्घरोगीहरुलाई उनीहरुको घरमै कोरोनाविरुद्धको खोप दिन आदेश जारी गरेको हो।

सर्वोच्चले आफंनो आदेशमा कोरोनाविरुद्धको खोपका लागि वडातहबाट लगत संकलन गरेर खोप केन्द्र पुग्न नसक्नेहरुलाई उनीहरुको घरमै सेवा दिन आदेश दिएको हो।
बम

‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्ति समेतलाई राज्यले वडातहबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरीु, सर्वोच्चको आदेशमा भनिएको छ, ुघरघरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी त्यसको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहका लागि कार्यक्रम संचालन गर्नु गराउनु भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९९२० ९क० बमोजिम विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरिएको छ।’

सर्वोच्चले संविधानमा नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको पनि सरकारलाई स्मरण गराएको छ। संविधानको धारा ४१ ले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा हक हुने भनी मौलिक हक प्रचलनका लागि संवैधानिक उपचारको हक सुरक्षित गरेको पनि सर्वोच्चले आदेशमा भनेको छ।