तालिबानले बन्द गरायो अफगानिस्तान–भारत सीमापार व्यापार
काबुल । अफगानिस्तान तालिबानले कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ।
यसै क्रममा तालिबानले आफूसँग सीमापार व्यापार बन्द गरेको भारतले जनाएको छ।
सामान्यतया दुई मुलुक ९भारत र अफगानिस्तान० का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे।
फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन ९एफआईईओ० का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो। योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन्।
व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो।
भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ।