नेपालले एकता नगर्ने , नयाँ पार्टी खोलेरै छाड्ने
काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उदेश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्।
पार्टी पंक्तिका नाममा एक अपिल जारी गर्दै अध्यक्ष नेपालले ओलीले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेक चालबाजी र नाटक गरे पनि एकता अगाडि बढ्न नचाहेको बताएका छन्।
उनले कम्युनिस्ट आन्दोलन विसर्जनतर्फ जाने खतरा बढेकाले आफूहरुले नयाँ पार्टी खोल्नुपरेको बताएका छन्।
