अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी

 

अमेरिका । अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ।

मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन्।

तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन्।

दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन्।

न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो तर कोही पनि बिरामी घाइते भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *