काठमाडौँमा निषेधाज्ञा हट्यो

 

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

सकेसम्म विद्यालय खोल्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन्।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा स्वास्थ्य मापदण्डको पालना गर्न र भीडभाड नगर्न अनुरोध गरिएको छ।

‘अब सबैले मापदण्ड पालना गरेर आफ्ना व्यवसाय सञ्चालन गर्न पाउँछन्। निषेधाज्ञा भन्ने शब्दै हटाएर आदेश जारी गरेका छौं’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ। तर निषेध अब हटाइएको छ।’

स्थानीय ढुवानीका लागि भने बिहान ९ बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। यस्तै, सार्वजनिक तथा निजी निर्माण कार्यका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ।
यो निर्णय भदौ १७ गतेदेखि भदौ मसान्तसम्म लागू हुनेछ। संक्रमण बढेमा भने फेरि निषेधाज्ञा लागू हुन सक्ने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *