माओवादी विघटन गरौँ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सजिलै पार्टीका नेतारकार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको बताएका छन्।
उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको पनि बताए।
सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्ति गर्छौं भनेर पार्टीका नेता तथा कार्यकर्ताहरू प्रतिक्रान्तिमा लाग्न नहुने बताए।
‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो ररु,’ प्रचण्डले भने, ‘बरू योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ।’ आफूले यसो भनेर निराशा बाँड्न भने नखोजेको उनले बताए।
‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो।
उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने पनि बताए। माओवादीको चरित्र क्रान्ति र परिवर्तन गर्न सक्ने रहेको उनको भनाइ थियो।
