मिस नेपाल यूएसलाई मान्यता

maitrinews

 

न्युयोर्क । विगत १० वर्षदेखि न्युयोर्कमा सञ्चालन गर्दै आएको मिस नेपाल यूएसलाई यसपालि अमेरिकी सरकारले मान्यता दिएको छ ।
न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा सोबारे जानकारी दिइएको हो । यो प्रतियोगिता सन् २०१० देखि अमेरिकामा सञ्चालन हुँदै आएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म हुने विशेष प्रतियोगिताको तयारी पूरा भएको संस्थापक अध्यक्ष अमित शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुुभयो । उहाँले यसपालिको प्रतियोगिताका लागि १० जना प्रतियोगी छनोट भएको बताउनुभयो यसपटक प्रतियोगितामा प्रथम हुनेबाहेक अन्य प्रतियोगीहरुलाई पनि सम्मान गरिने भएको छ ।
अध्यक्ष शाहले यस पटकको कार्यक्रम भव्य हुने बताउँदै नेपालबाट आएका कलाकार र न्युयोर्कमा रहेका कलाकारहरुले कार्यक्रममा विशेष प्रस्तुति गर्ने तयारी भएको जानकारी दिनुभयो ।
राजकुमार विष्टले स्वागत भाषण गर्नुभएको सो कार्यक्रममा मिस नेपाल यूएस २०११ की विजेता सुजाता बस्नेतले यसपालि छनोट गरिएका १० प्रतियोगीको नाम बाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बरिष्ठ पत्रकार सुनिता कोइरालाले गर्नुभएको थियो ।