देउवाले एमसीसी जसरी पनि पास गराउने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी जसरी पनि पास गर्ने बताएका छन्।
प्रधानमन्त्रीको निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।
नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताएका थिए।
ुयहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयोु, कांग्रेस सभापतिसमेत रहेका देउवाले अमेरिकी टोलीसँग भने, ुनेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको छ।ु
देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए।
ुतपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छुु, देउवाले अगाडि भने, ुआई विल डु दिस्, म जसरी पनि पास गर्छु।ु
तर देउवासँगको छलफलमा पनि फातिमाले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन्।
भेटमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष फातिमा सुमारले अब अनुमोदन हुन्छ या हुँदैन भन्ने भाषामा आफूहरुलाई उत्तर चाहिएको बताएकी थिइन्।
ुअब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँु, उनले देउवासँगको छलफलमा भनिन्, ुअब हामीलाई ुएस, नोु मा उत्तर दिनुस्।ु
उनले अब अल्मलिएर बस्ने समय पनि आफूहरूसँग नभएको बताएकी थिइन्। ुअब अल्मलिएर बस्न सकिन्नँु, उनले भनिन्, ुअब यो भन्दा बढी अलमल नहोस्।ु
दलहरुले कुरा नबुझेको भन्दै देउवाले समय मागेपछि उपाध्यक्ष फातिमा सुमारले अब त्यस्तो कुराले नहुने बताएकी थिइन्। ुअब यस्तो कुराले हुँदैन, अगाडि बढाउने भए बढाउनु, नत्र हाम्रो भन्नु केही छैनु, बैठकमा उनले भनेकी थिइन्।
तर देउवाले पटक पटक दलहरूलाई बुझाएर एमसीसी पास गर्ने कुरा दोहोर्याएका थिए। उनले पाँच दलीय गठबन्धनमा पनि छलफल भइरहेको बताउँदै एमसीसीलाई राष्ट्रिय सहमति बनाएरै पास गर्ने विश्वास दिलाउन खोजेका थिए।
यसैबीच अर्थमन्त्रालयले दुई पक्षबीच भएको भेटबारेमा प्रेस नोट निकालेर जानकारी दिएको छ। अर्थले दुई पक्षबीच भएको शिष्टाचार भेटका क्रममा एमसीसीबाट नेपालको आर्थिक विकासमा ठूलो सहयोग हुन सक्ने लगायतका विषयमा छलफल भएको जनाएको छ।
ुभेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल सरकार एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको कुरा बताउनु भएको छु, अर्थले प्रेस नोटमा भनेको छ।
त्यस्तै एमसीसी उपाध्यक्ष फातिमा सुमारले उक्त कम्प्याक्ट छिटो भन्दा छिटो संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गर्दै कम्प्याक्टले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको पनि अर्थले उल्लेख गरेको छ।
एमसीसी नेपाली संसदमा विचाराधीन रहेको अवस्थामा राजनीतिक दलहरुबीच सहमति कायम गराउन उपाध्यक्ष फातिमासहितको टोली बिहीबार नेपाल भ्रमणमा आएको हो।
एमसीसी प्रतिनिधिमण्डलले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेको थियो।
यस्तै शुक्रबार एमसीसीको प्रतिनिधिमण्डलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो। प्रचण्डले पनि एमसीसीलाई राष्ट्रिय सहमतिबाटै पारित गर्ने आश्वासन दिएका थिए।
यसैबीच एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणबारे शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएकी छन्।
नेपालका सत्तारुढदेखि प्रतिपक्षीसम्मका दललाई उनले एउटै भाषामा अब कुर्न नसकिने भन्दै पास गर्ने या नगर्ने उत्तर दिन आग्रह गरेकी छन्।
तर नेपाली कांग्रेसबाहेक नेपालका राजनीतिक दलहरु एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने पक्षमा उभिएका छन्।