जीपी कोइराला फाउन्डेशन अमेरीकाद्वारा बालबालिकाहरूलाई झोला एवं स्टेशनरी सामग्री वितरण

 

न्युयोर्क। गिरीजाप्रसाद कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको विशेष पहल एवं सकृयतामा विभिन्न दाता महानुभावहरूबाट प्राप्त एवं फाउन्डेशनद्वारा खरीद गरी स्कुल जाने ५(१० बर्ष उमेरका वालवालीका हरूलाई निशुल्क झोला, स्टेशनरी सामाग्री एवं फाष्टफुड, मास्क तथा सेनीटाईजर र डाइपर समेतको विशेष प्याकेज एक कार्यक्रम गरी वितरण गरीयो।

स्थानीय समयअनुसार अपराह्न करीब ४स्३० वजेवाट वितरण शुरू गरीएको सो कार्यक्रममा वालवालीका हरूलाई क्रमवद्द रूपमा लाईन लगाई प्रमुख अतिथि, विशेष अतिथीहरू एवं फाउन्डेशनका पदाधिकारीहरूद्वारा उक्त सामग्री वितरण गरीएको थियो।

सो वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा न्युयोर्क राज्यकी एसेम्ब्लीओमेन माननीय जेसीका गोन्जालेस् रोजस् हुनुहुन्थ्यो भने विशेष अतिथि न्युयोर्क सिटी डिस्ट्रिक्ट २५ का डेमोक्रेटिक पार्टीका काउन्सिल मेनका नोमीनी शेखर कृष्णन्, क्वीन्स् सिभिलकोर्टकी डेमोक्रेटिक पार्टीबाट न्यायाधीशकी नोमीनी एन्ड्रीया ओग्लेको उपस्थिती रहेको थियो।

यस कार्यक्रममा आफुलाई प्रमुख अतिथिको रूपमा बोलाई वालवालिकाहरूसँग प्रत्यक्ष साक्षात्कार हुने मौका दिएकोमा जिपी कोईराला फाउन्डेशन अमेरिका लाई विशेष धन्यवाद दिँदै न्युयोर्क राज्यकी एसेम्बलीओमेन माननीय जेशीका गोन्जालेस रोजसले आगामी दिनहरूमा नेपाली लगायत समुदायका सवैसँग हातेमालो गर्दै आवश्यक सहयोग गर्न आफु सदा तत्पर रहेको प्रतिबद्धता जाहेर गर्नुभयो। यसैगरी आफुलाई विशेष अतिथिको रूपमा वोलाई सेवा गर्ने मौका दिएकोमा डिस्ट्रिक्ट २५ का डेमोक्रेटिक नोमीनी शेखर कृष्णनले फाउन्डेशन परीवार प्रती आभार प्रकट गर्नुभयो।

जिपि कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशनको नेतृत्वमा सबै सहयोगी दाता महानुभाव एवं फाउन्डेशन स्वयंको समेत लगानीमा स साना नानीहरूलाई शैक्षिक सामाग्री वितरण गर्न पाउँदा आफु र फाउन्डेशन अमेरीका च्याप्टरले गर्व महसुस गरेको अनुभूति बाँडदै वितरणका लागी हल उपलब्ध गराई सहजता प्रदान गरीदिनुभएकोमा घ्याल्सुम्दो सेवा संस्था अमेरिका एवं यस्का निवर्तमान अध्यक्ष निमा ल्हमो तथा पदाधिकारी हरूलाई फाउन्डेशन परीवारका तर्फवाट हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

सो कार्यक्रमलाई विशेष सहयोग गर्ने क्विन्स डेमोक्रेटिक लिडर एवं हिष्पानिक चेम्बर अफ कमर्शकी कोषाध्यक्ष याना हेनरीक्युज लगायत सबैलाई फाउन्डेशन परीवारको तर्फवाट विशेष धन्यवाद एवं आभार प्रकट गरीएको थियो।

कार्यक्रममा फाउन्डेशन अमेरीका च्यापटरका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू क्रमशस् प्रेम पौडेल, सुर्य सिंखडा, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी, प्रेम पौडेल र ध्रुव कुँवर क्षेत्री उपस्थित भै सकृयरूपमा स्वयंसेवा गर्नुभएको थियो भने अन्य अतिथिका स्वरूप संस्थागत प्रतिनिधित्व गर्दै एनआरएन अमेरीका न्युयोर्क च्याप्टरका अध्यक्ष आंग छिरिंग शेर्पा, नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, घ्याल्सुम्दो सेवा संस्थाका निवर्तमान अध्यक्ष निमा ल्हमु एवं महासचिव चेन्जोम लामा, मिस नेपाल नर्थ अमेरीका विजेता गरीमा ज्ञवाली, नेपाल यु।एस पर्वतारोहण संघका अध्यक्ष पासांग निमा शेर्पा, वरिष्ठ समाजसेवी पुरुषोत्तम पन्थी, मानव अधिकार कर्मी एवं सामाजिक अभियन्ता तेन्जीगं छेयांग, अन्तर्राष्ट्रीय पत्रकार एंव ऐभिनिउज टिभीकी संवाददाता सुनीता शर्मा कोईराला, नेका युवा नेता राजु रौनीयार, वरिष्ठ कलाकार एंव नेपाली अमेरिकन कलाकार संघका उपाध्यक्ष विमल डाँगी, समाजसेवी विष्णु रानामगर, समाजसेवी केशवराम राई र सेन्टोन लामा, मोरड॰ समाज अमेरिकाका बुध्द पौडेल लगायतको उपस्थिती एवं स्वयंसेवकको भुमिका रहेको थियो भने महासचिव छिरीगं राप्के लामाले सुरुवाट नै वालवालीका हरुको नाम दर्ता गर्दै लाईन व्यवस्थापनको कार्य नियन्त्रण गर्नु भएकोले वितरण सहज भएको थियो।

कोरोनाकहरको कारणले लामो समय घरबाटै अनलाईन अध्ययन गरी वसेका वालवालीकाहरू र तिन्का अभिभावकहरू विद्यालय खुली भोलीबाट नियमित पठनपाठन सुचारू हुन गएकोमा अत्यन्त उत्साहित देखीन्थे।

यस वितरण कार्यक्रम लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरू लगायत कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि एवं सहभागी सबैलाई फाउन्डेशन अमेरीका च्याप्टरको तर्फवाट आभार एवं धन्यवाद प्रकट गर्दै आजको यस वितरणबाट लाभान्वित करीव २०० वालवालीका लगायत सबैको सुस्वाथ्य एवं उज्वल भविष्यको कामनासहित कार्यक्रम भव्यरूपमा सुसम्पन्न भएको फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *