सहारा क्षेत्रका आईएस नेता सहरावी मारिए

maitrinews

 

फ्रान्स । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इस्लामिक स्टेटआईएसका सहारा क्षेत्रका प्रमुख नेता मारिएको बताएका छन् ।

इस्लामिक स्टेट ग्रेटर सहाराआईएसजीएस का शीर्ष नेता अदनान अबु वालिद अल सहरावी फ्रान्सेली सेनाको कारबाहीमा मारिएको राष्ट्रपति म्याक्रोंले जनाएका छन् । सहारा क्षेत्रमा उक्त समूहले लगातार आक्रमण गरिरहेको थियो । सन् २०२० मा फ्रान्सेली सहायताकर्मीको हत्यामा पनि उक्त समूहको संलग्नता रहेको थियो ।

राष्ट्रपति म्याक्रोंले आतंकवादविरुद्ध ठूलो जित हात लागेको प्रतिक्रिया दिएका छन् । गत अगस्टमा सहरावीले ६ जना फ्रान्सेली नागरिकको हत्या गर्न निर्देशन दिएको पनि उनले बताएका छन् । उक्त समूह सन् २०१७ मा नाइजरमा अमेरिकी सेना र सन् २०१९ मा नाइजर र मालीमा भएको आक्रमणमा समेत संलग्न रहेको बताइएको छ ।

माली, नाइजर र चाडको साहेल क्षेत्रमा सहरावी नेतृत्वको आईएसको प्रभाव रहँदै आएको छ ।