यमनमा ’नर्कको द्वार’

maitrinews

 

यमनमा विचित्रको गुफा छ । यसको रहस्य अझैसम्म पत्ता लागेको छैन । यस गुफालाई ’गेट अफ हेल’ अर्थात् ’नर्कको द्वार’ भनिन्छ । यसको रहस्य के छ भन्ने पत्ता लगाउन एउटा अध्ययन टोली गुफाभित्र पसेको छ । प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ ।
स्थानीयवासी लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका छन् । शताब्दीऔँदेखि यसले ’जीनी’ भनिने कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ । गुफाभित्र गए पाप लाग्छ भन्ने मान्यता रहँदैआएको छ ।
यमनको गुफा अध्ययन टोलीले गुफामा खनिजको तह र गुफा मुनि मोती फेला पारेको छ जुन तप तप झर्ने पानीबाट बन्छ । उनीहरूले सर्प र विभिन्न मरेका जनावर पनि फेला फेला पारे ।