काँग्रेस टोली नयाँदिल्लीमा

 

काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा सँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसको प्रतिनिधि मण्डल नयाँदिल्ली गएको छ।

सत्तारुढ कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल बिहीबार नयाँ दिल्ली गएको हो।
बम

चार दिने भारत भ्रमणमा गएको डा। महत नेतृत्वको प्रतिनिधि मण्डलमा पूर्व राज्यमन्त्रीहरु उदयशमशेर राणा र अजय चतुर्वेदी सहभागी छन्।

भाजपाका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेको निमन्त्रणामा आफूहरु नयाँ दिल्ली जान लागेको राणाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *