नेपाल अव मिठो परिका वनाउने सेफको देश

काठमाडौं। नेपाललाई सगरमाथाको देश, भगवान बुद्धको देश मात्र नभइकन अव विश्वकै मिठो परिकार बनाउने सेफको देश भनेर चिनाउन आवश्यक छ। विश्वका कैयन देशहरुमा नेपाली सेफहरुको हातको कमाल अनि उनीहरुले वनाएका मिठा परिकार चाख्नेहरुका लागि नेपाल अव मिठो परिका वनाउने सेफको देश बनेको हो।

कतारमा त अझ नेपाली सेफहरु चालिस प्रतिशतभन्दा बढी रहेको खुलासा कतारका सुप्रुिसद्ध सेफ  मोइज नूरुल हसन भोहराले गरेका छन्। कतारलाई स्वादिष्ट वनाउने कार्यमा नेपाली सेफहरुको हात भएको व्यापक प्रशंशा भोहराले गर्दा ग्यास्ट्रोनोमी टुर डे नेपालव्दारा आयोजित नेपाली सेफमा सम्मानित सारा सेफले गर्बले छाति फुलाएका थिए।

 

नेपाल र नेपालीको हस्पिटालिटी क्षेत्रमा पहिचान बृद्धि गर्ने नेपाली सेफहरु रमेश श्रेष्ठ, श्रीराम अधिकारी, चन्द्र घले, उमेश भुवाइ, सुभाष मगर, छत्रबहादुर थापा, रमेश थापा, मणिराज सेनटाङ, दीपक ढुंगेल, महेश साह, किसन सेराथ लगायतलाई विशेष सम्मान गरिएको थियो।  सुरेश बस्नेतको सभापतित्वमा भएको सम्मान कार्यक्रममा श्रीराम अधिकारी, यमबहादुर बुढाथोकी, दुर्गा घिमिरे, सोमनाथ कंडेल लगायतले शुभेच्छा मन्तव्य दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *