बेलायतको यात्रासम्बन्धी रेड लिस्टबाट हट्यो नेपाल

 

लण्डन । ब्रिटेनको युनिभर्सिटी अफ ब्रिस्टलमा इपिडिमियोलोजी विषयमा स्नातकोत्तर तहमा भर्ना भएकी प्रमिला पौडेल, आफ्ना श्रीमान् र १५ महिनाकी छोरीसहित गत ३ अक्टोबरमा लन्डन पुगिन्।

ब्रिटेनले नेपाललाई कोभिडका कारण यात्रा प्रतिबन्ध लगाएका मुलुकहरुको सूची रेड लिस्टमा राखेका कारण उनको पूर परिवार १० रात, ११ दिन होटेल क्वारन्टिनमा बस्नुपर्ने भयो।

हामीले होटेलको खर्च बापत मात्रै ३,७०० पाउन्ड झन्डै ६ लाख रुपैयाँ तिर्नु पर्‍यो। पढाइ शुरू भइसकेको र विश्वविद्यालयले ताकेता गरेका कारण ढिला गर्न पनि मिलेन,ू उनले भनिन्।
तर बिहीवार ब्रिटिश सरकारले ुरातो सूचीु मा राखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अब ब्रिटेन आउने नेपाली विद्यार्थी तथा अन्य यात्रुले त्यस्तो थप खर्च गर्नुपर्ने छैन।

सोमवारदेखि नयाँ नियम लागु गरिनेछ।

नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रेड लिस्टबाट हटेकोमा ट्विटरमा खुशी व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *