पत्रकार रेसा र मुरातोभलाई नोबेल शान्ति पुरस्कार
काठमाडौँ । पत्रकारहरु मारिया रेसा र दिमित्री मुरातोभले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेका छन्।
अभिव्यक्ति स्वतन्त्रताको लागि फिलिपिन्स र रुसमा उनीहरुले गरेको उदाहरणीय ‘लडाइँ’का लागि दुई पत्रकारलाई पुरस्कार दिइएको हो।
नोबेल पुरस्कार कमिटीले यो जोडीलाई प्रजातन्त्र र स्वतन्त्रताका पक्षधर सबै पत्रकारको प्रतिनिधि भनेको छ।
उनीहरुले एक करोड स्विडिश क्रोन अर्थात् ११ लाख अमेरिकी डलर पाउनेछन्।
ओस्लोस्थित नर्वेजियन नोबेल इन्स्टिच्युटमा विजेता घोषणा गरिएको हो।